Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

शेयर बजार दोहोर अङ्कले ओरालो


८ चैत, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७ हजार चार कित्ता शेयर रु एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु नौ करोड १९ लाख ९८ हजार २४ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २४ लाख ९५ हजार चार सय ९४, हिमालयन डिस्टिलरीको रु चार करोड ५० लाख ५५ हजार चार सय ८७, नविल बैंकको शेयर रु तीन करोड ६३ लाख ८७ हजार चार सय २५ र शिवम् सिमेन्टको रु तीन करोड ५५ लाख २७ हजार चार सय ६४ बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा मायाँ खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको छ दशमलव ११, स्वाभिमान लघुवित्तको तीन दशमलव ६३ र इस्र्टन हाइड्रोपावरको तीन दशमलव १४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै आजको कारोबारमा बोट्लर्स नेपाल (तराई)को सात दशमलव ६२, सानिमा ग्रोथ फण्डको पाँच दशमलव ८५, धौलागिरि लघुवित्तको पाँच दशमलव ३९, मानुषी लघुवित्तको पाँच दशमलव शून्य तीन र न्यादी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?