Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

५ सयभन्दा बढी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ


८ चैत्र, काठमाडाैँ । तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोह पक्राउ परेका छन् । प्रहरीले बुधबार काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरेर यो विषयबारे जानकारी दिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामा रहेका छन् ।

उनीहरूले झुठा लिखत तथा कागजात तयार पारी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको पाइएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेकामध्ये बुबा बनेर एक पटक सनाखत गर्दा १० हजार लिने गरेको पाइएको छ । उनले यसरी ५ जनाको नागरिकता बनाएको पाइएको छ ।

उक्त गिरोहले तिब्बती शरणार्थीहरूको नागरिकता बनाउन तीनदेखि पाँच लाखसम्म लिने गरेको पाइएको छ । यही गिरोहले ६ वर्षमा पाँच सय जनाभन्दा धेरै तिब्बतीलाई नागरिकता बनाइदिएको प्रहरीले अनुमान गरेको छ ।

यस विषयका काठमाडाैँ जिल्ला प्रशासन कार्यालयका पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि पनि अनुसन्धान भइरहेको एपसी राठाैरले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?