Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

५ सयभन्दा बढी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिने गिरोह पक्राउ


८ चैत्र, काठमाडाैँ । तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोह पक्राउ परेका छन् । प्रहरीले बुधबार काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरेर यो विषयबारे जानकारी दिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामा रहेका छन् ।

उनीहरूले झुठा लिखत तथा कागजात तयार पारी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको पाइएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेकामध्ये बुबा बनेर एक पटक सनाखत गर्दा १० हजार लिने गरेको पाइएको छ । उनले यसरी ५ जनाको नागरिकता बनाएको पाइएको छ ।

उक्त गिरोहले तिब्बती शरणार्थीहरूको नागरिकता बनाउन तीनदेखि पाँच लाखसम्म लिने गरेको पाइएको छ । यही गिरोहले ६ वर्षमा पाँच सय जनाभन्दा धेरै तिब्बतीलाई नागरिकता बनाइदिएको प्रहरीले अनुमान गरेको छ ।

यस विषयका काठमाडाैँ जिल्ला प्रशासन कार्यालयका पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि पनि अनुसन्धान भइरहेको एपसी राठाैरले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?