Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

१ बोरा सिक्कामात्रै लगरे मोहम्मदले किने नयाँ स्कुटर


८ चैत, एजेन्सी। भारतको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा गरेर नयाँ स्कुटी खरिद गरेका हुन् ।

अर्थाभावका कारण स्कुटी किन्न नसेकेका हकले लामो समयदेखिको आफ्नो सपना साकार पार्न सिक्का सङ्कलन थालेका थिए । उनको यो प्रयासलाई प्रेरणादायी अभ्यास भन्दै स्कुटी शोरूमका बिक्रेता मनिष पोद्दारले हकलाई यसैगरी एक दिन चारपाङ्ग्रे सवारी साधन गर्ने अवस्थामा पुर्याउन बताएका छन् ।

एक बोरा सिक्का लिएर शोरूममा आएका हकलाई देख्दा प्रारम्भमा आश्चर्य मानेका ती बिक्रेताले बोराका सिक्का गन्दा रु ९० हजार रहेछ । बिक्रेताले हकको चाहनाअनुसारको स्कुटी उनलाई हस्तान्तरण गरे । एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन् ।

पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटी खरिद गरेको समाचार स्थानीय टेलिभिजनमा देख्दा तथा पत्रपत्रिकामा पढ्दा आफूलाई ज्यादै खुशी लागेको एएनआई संवाददातालाई बताएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?