Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बिलियार्डमा बालेन (फाेटाे फिचर)


काठमाडौँ । आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशाकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार के. सी. शुभारम्भ अवसरमा सहभागी हुनुभएको थियो ।

त्यस क्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र समितिका संयोजक के. सी. ले, क्युबलले ब्रेक गर्नुभएको थियो । त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, युवाहरुका बिचमा लोकप्रिय खेलका रुपमा परिचित स्नुकरलाई रचनात्मक विकासमा उपयोग गर्न लागिएको बताउनुभयो । यस्तै सामाजिक समितिका संयोजक के. सी. ले, महानगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै गएको र यसबाट युवाहरुलाई सिर्जनशील हुन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी हुनुहुन्छ । खेलमा महिला सहभागी हुनुहुन्न ।


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?