Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो


८ चैत्र, महोत्तरी । चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।

प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने गरेको यो मन्दिर आज चैत शुक्ल प्रतिपदाको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ ।

त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैनन् भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । तर असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए ।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा प्रख्यात छ । यहाँ विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट त्रिशूली देवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?