Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न


काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर  ५ को नागार्जन चोकसम्म पुगेर सम्पन्न गरिएको जानकारी दिए । सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, सविन तामाङ, बासुदेव लामा, इन्द्रमान महर्जन , सानुकाजी प्रजापति, स्याम ढुगना , तार्केस्बर ५ नम्बरका वडाध्यक्ष शम्भु फुयाँल, नागार्जुन १ का अध्यक्ष रामेश्वर लामा लगायत सामाजिक अगुवाको सहभागिता रहेको थियो । यस्तै स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्कुलका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै भट्टले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखे ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?