Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बनेपामा बाटो बन्द गर्दा विवाद, हिमाल–तराई यातायात र अरनिको यातायातका कर्मचारीहरुबीच कुटाकुट !


काठमाडौं । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ ।अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो ।

यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो । पछि प्रहरीले छुट्याएको थियो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले अहिले अवस्था सामान्य रहेको बताए ।

अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् । सोही क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोही विषयलाई लिएर अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गर्दा अन्यले विरोध गरेका थिए ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?