Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इरानले खण्डन गर्यो अमेरिकाको दावी


८ चैत्र, एजेन्सी। इरानी विदेश मन्त्रालयका प्रवक्ताले इस्लामिक गणतन्त्रका जनता विरुद्ध अमेरिकी प्रतिबन्धहरू तीव्र पार्ने सन्दर्भमा इरानी महिलाहरूलाई समर्थन गर्ने अमेरिकी सरकारको दाबीलाई “नक्कली” भनी आलोचना गरेका छन्।

प्रवक्ता नासेर कनानीले इरानको नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानीहरूलाई बधाइ दिको सन्देशको जवाफमा नाउरोजको पहिलो दिन एक ट्वीटर पोस्टमा उक्त टिप्पणी गरेका हुन् ।

इरान र यसका जनताप्रति “शत्रुता” अमेरिकी सरकारको विदेश नीतिको “स्थापित” अंश हो, जुन प्रत्येक वर्ष उनीहरूका अधिकारीहरूको नाउरोज सन्देशहरूमा स्पष्ट हुन्छ, कनानीले भनेका छन् । अमेरिकी सरकार र यसका ईरान विरोधी नेताहरूको “पाखण्ड र शत्रुता” स्पष्टरूपमा प्रतिबिम्बित छ ।

राष्ट्रपति बाइडेनको सन्देशमा उल्लेख गरिएको छ- इरानी महिलाहरू “आफ्नो मानव अधिकार र मौलिक स्वतन्त्रताको लागि लडिरहेका छन् ।”


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?