Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इरानले खण्डन गर्यो अमेरिकाको दावी


८ चैत्र, एजेन्सी। इरानी विदेश मन्त्रालयका प्रवक्ताले इस्लामिक गणतन्त्रका जनता विरुद्ध अमेरिकी प्रतिबन्धहरू तीव्र पार्ने सन्दर्भमा इरानी महिलाहरूलाई समर्थन गर्ने अमेरिकी सरकारको दाबीलाई “नक्कली” भनी आलोचना गरेका छन्।

प्रवक्ता नासेर कनानीले इरानको नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानीहरूलाई बधाइ दिको सन्देशको जवाफमा नाउरोजको पहिलो दिन एक ट्वीटर पोस्टमा उक्त टिप्पणी गरेका हुन् ।

इरान र यसका जनताप्रति “शत्रुता” अमेरिकी सरकारको विदेश नीतिको “स्थापित” अंश हो, जुन प्रत्येक वर्ष उनीहरूका अधिकारीहरूको नाउरोज सन्देशहरूमा स्पष्ट हुन्छ, कनानीले भनेका छन् । अमेरिकी सरकार र यसका ईरान विरोधी नेताहरूको “पाखण्ड र शत्रुता” स्पष्टरूपमा प्रतिबिम्बित छ ।

राष्ट्रपति बाइडेनको सन्देशमा उल्लेख गरिएको छ- इरानी महिलाहरू “आफ्नो मानव अधिकार र मौलिक स्वतन्त्रताको लागि लडिरहेका छन् ।”


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?