Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

सैनिक कारबाहीमा ३० जना लडाकु मारिए


८ चैत्र, एजेन्सी। अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लढाकु मारिएका छन् भने अन्य धेरै जना घाइते भएका छन् ।

राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतङ्कवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा उनीहरू मारिएका हुन् । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । झडपमा सैनिक तथा समर्थक समूहमा भएको हताहतीबारे कुनै जानकारी दिइएको छैन ।

अल–शबाब चरमपन्थी समूहले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको छ । राष्ट्रपतिले अल–शबाब लडाकूहरूलाई परास्त गर्न सैन्य कारबाहीलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?