Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

गर्मीले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु !


भारत । तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो।

बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्।

मौसम विभागका अनुसार शुक्रबार भारतमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। जुन कानपुरमा रेकर्ड गरिएको हो। यसैगरी दोस्रो गर्मी हुने स्थानमा हरियाणाको सिरसा छ। जहाँ ४७.८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। राजधानी नयाँ दिल्लीमा भने ४७ डिग्री सेल्सियस मापन भएको थियो। राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिसा, महाराष्ट्र, मध्येप्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा शनिबार तातो लहरको सम्भावना देखिएको विभागले जनाएको थियो।


प्रकाशित मिति: २० जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?