Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

विवाहपश्चात् सफल यी नेपाली अभिनेत्रीहरू


८ चैत्र, काठमाडाैँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्।

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन्।

सदाबहार अभिनेत्रीको परिचय बनाभएकी करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गरिन्। ‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो।

विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन्। यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उनको व्यस्तता उस्तै छ।

विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गरेकाे चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल भइन्।

‘मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ। यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ। यही नाममार्फत् निर्देशनमा समेत मेरो उदय भयो’, अभिनेत्री थापाले भनिन्, ‘आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन । मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो।’

अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गरेकाे सफलता उदाहरणीय नै छ। सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय छन्।

‘विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ। विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ। श्रीमानकाे साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ। म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु’, अभिनेत्री शर्माले भनिन्।

उनले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइँ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?