Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

‘दक्षिण कोरियाको आधुनिक विकासमा व्यवसायिक तालिम लिनेहरुको ठूलो योगदान’


काठमाडौँ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सिपमूलक तालिममा जाने बताउनुभयो । टुँडिखेलमा आयोजना भइरहेको सिप मेला २०८१ को अवलोकनका क्रममा बुधबार तालिम स्थलको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

महानगरपालिकाले धेरै राम्रो काम गरेको महसुस भयो । उहाँले भन्नुभयो, ‘तालिम लिएका व्यक्तिहरु श्रम बजारमा सजिलै खपत हुने वातावरण सिर्जना गर्नुपर्छ । आर्थिक, सामाजिक तथा पारिवारिक विकासको प्रारम्भ यहीँबाट सुरु हुन्छ ।’

तालिमको ८० प्रतिशत प्रयोगात्मक कक्षा हुने भएकोले जनशक्तिले प्राप्त गरेको सिप रोजगार क्षेत्रका लागि काम लाग्ने खालको छ । त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘तालिम लिएकालाई सकेसम्म स्वरोजगार बन्न प्रोत्साहित गर्ने, स्वरोजगार बन्न चाहना नगर्नेहरुलाई रोजगारका क्षेत्रसँग जोड्ने कार्यक्रमसहित तालिम सञ्चालन भएको हो ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?