Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘दक्षिण कोरियाको आधुनिक विकासमा व्यवसायिक तालिम लिनेहरुको ठूलो योगदान’


काठमाडौँ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सिपमूलक तालिममा जाने बताउनुभयो । टुँडिखेलमा आयोजना भइरहेको सिप मेला २०८१ को अवलोकनका क्रममा बुधबार तालिम स्थलको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

महानगरपालिकाले धेरै राम्रो काम गरेको महसुस भयो । उहाँले भन्नुभयो, ‘तालिम लिएका व्यक्तिहरु श्रम बजारमा सजिलै खपत हुने वातावरण सिर्जना गर्नुपर्छ । आर्थिक, सामाजिक तथा पारिवारिक विकासको प्रारम्भ यहीँबाट सुरु हुन्छ ।’

तालिमको ८० प्रतिशत प्रयोगात्मक कक्षा हुने भएकोले जनशक्तिले प्राप्त गरेको सिप रोजगार क्षेत्रका लागि काम लाग्ने खालको छ । त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘तालिम लिएकालाई सकेसम्म स्वरोजगार बन्न प्रोत्साहित गर्ने, स्वरोजगार बन्न चाहना नगर्नेहरुलाई रोजगारका क्षेत्रसँग जोड्ने कार्यक्रमसहित तालिम सञ्चालन भएको हो ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?