Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

औपचारिक शिक्षा नलिएका व्यक्ति पनि सिपमूलक तालिम लिएपछि श्रम बजारका लागि योग्य हुन्छन् -राजदूत पथिराना


काठमाडौँ । औपचारिक शिक्षा नपाएका व्यक्तिले सिपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिपमूलक तालिमको धेरै महत्व छ । नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भन्नुभयो, ‘योग्यता परीक्षण प्रणालीबाट सिपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’

अवलोकनका क्रममा उहाँले, औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाका बिचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिन्छ । राजदूत पथिरानाको भनाइ राख्नुभयो ।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताउनुभयो । सिप मेलामा व्यवसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा भाग हो । उहाँको भनाइ थियो ।

तालिमका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमका विषय छनोटका बारेमा जानकारी गराउँदै मोवाइल बनाउने तालिमलाई उदाहरण दिनुभएको थियो । पहिले सिम कार्ड मात्र चल्ने मोवाइल बनाउनेले अहिलेका प्रविधियुक्त मोवाइल बनाउन थप तालिम लिनुपर्छ । हामीले यस्ता परिवर्तित अवस्थालाई हेरेर कोर्ष डिजाइन गरेका छौँ ।

व्यवसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलंकाको सिकाइबाट सिक्न सकिन्छ । महानगरपालिकाका अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले, मानवीय स्रोत व्यवस्थापन गर्ने दिशामा सहकार्य गर्न राजदूतले इच्छा राख्नुभएको जानकारी दिनुभयो ।

सिप मेलाका तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार श्रीलंकाले राष्ट्रिय सिप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको छ । महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको शिक्षामा सिप कार्यक्रम र सिपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?