Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

औपचारिक शिक्षा नलिएका व्यक्ति पनि सिपमूलक तालिम लिएपछि श्रम बजारका लागि योग्य हुन्छन् -राजदूत पथिराना


काठमाडौँ । औपचारिक शिक्षा नपाएका व्यक्तिले सिपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिपमूलक तालिमको धेरै महत्व छ । नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भन्नुभयो, ‘योग्यता परीक्षण प्रणालीबाट सिपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’

अवलोकनका क्रममा उहाँले, औपचारिक शैक्षिक योग्यता नभएका मानवीय स्रोतलाई आर्थिक क्षेत्रसँग जोड्न महानगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । निःशुल्क तालिम प्रदान गर्नु अझ महत्वपूर्ण काम हो । नेपाल र श्रीलंकाका बिचमा धेरै समानता छन् । समान प्रकृतिका यस्ता कार्यक्रम सँगै सञ्चालन गर्न सकिन्छ । राजदूत पथिरानाको भनाइ राख्नुभयो ।

त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, जनअपेक्षा धेरै भएकाले ती अपेक्षाहरुलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिरहेको बताउनुभयो । सिप मेलामा व्यवसायिक तालिम दिने कार्यक्रम पनि यसैको एउटा भाग हो । उहाँको भनाइ थियो ।

तालिमका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमका विषय छनोटका बारेमा जानकारी गराउँदै मोवाइल बनाउने तालिमलाई उदाहरण दिनुभएको थियो । पहिले सिम कार्ड मात्र चल्ने मोवाइल बनाउनेले अहिलेका प्रविधियुक्त मोवाइल बनाउन थप तालिम लिनुपर्छ । हामीले यस्ता परिवर्तित अवस्थालाई हेरेर कोर्ष डिजाइन गरेका छौँ ।

व्यवसायिक तालिमको योग्यता निर्धारण गर्ने क्रममा श्रीलंकाको सिकाइबाट सिक्न सकिन्छ । महानगरपालिकाका अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीले, मानवीय स्रोत व्यवस्थापन गर्ने दिशामा सहकार्य गर्न राजदूतले इच्छा राख्नुभएको जानकारी दिनुभयो ।

सिप मेलाका तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार श्रीलंकाले राष्ट्रिय सिप परीक्षण प्रणालीलाई राम्ररी कार्यान्वयन गरेको छ । महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको शिक्षामा सिप कार्यक्रम र सिपयुक्त जनशक्तिको योग्यता परीक्षण यही मोडेलमा अगाडि बढाउने योजना छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?