Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काठमाडौँ महानगरको १५ औँ अधिवेशन जेठ ३२ गते


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लाागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ वैठकले नगर सभाको मिति तय गरेको हो ।

वैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बैठक शुभारम्भ गरेर सञ्चालनका लागि बैठकमा अध्यक्षलाई अनुरोध गरेपछि वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले, नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषयमा धारणा माग गर्नुभएको थियो ।कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण भिडियो यहाँ हेर्नुहोस् ।

यस विषयमा जवाफ दिँदै प्रमुख शाहले, सडकभन्दा सडक पेटीका उपभोक्ता धेरै हुने भएकोले, पैदल मार्ग विस्तार गर्न लागिएको बताउनुभयो । वैठकले शिक्षक दरबन्दी परिपूर्ति गर्न शिक्षा सेवा आयोगमा माग गर्ने निर्णय गरेको छ । यस सम्बन्धी प्रस्तावमा प्रवक्ता नविन मानन्धरले, रिक्त शिक्षक पदमा स्थानीयबाट पूर्ति गर्नुपर्ने बताउनुभयो । बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवं प्रकाशन कार्यविधि – २०८१’ ‘श्रम वैङ्क सञ्चालन कार्यविधि – २०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि – २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ । यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका – २०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि – २०८१’ संशोधनसहित पारित भएका छन् ।

६० बर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वेच्छिक अवकाशमा जान चाहने स्वयमसेविकाहरुलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ । यस्तै सहरी योजना आयोगको सदस्यमा इञ्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ ।

बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दप्रसाद शर्माले प्रस्ताव पेश गर्नुभएको थियो ।
यस्तै कार्यपालिका सदस्यहरु उदयचुडामणि बज्राचार्य, राजेन्द्रकुमार श्रेष्ठ, ईश्वरमान डंगोल, नवराज पराजुली, कुश ढकाल, दलबहादुर कार्की, विनोकुमार अछामी र महेश नेपालीले विषयमाथि धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?