Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

महानगरसँग ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक


काठमाडौँ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताउनुभएको छ । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को अवलोकनका क्रममा उहाँले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गर्नुभएको हो ।

‘चलचित्र सहर’ का कार्यक्रमभित्र पनि विद्यालय शिक्षामा काम गर्न सकिन्छ । यसका अतिरिक्त सहकार्यमा थप कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । क्रफ्टले भन्नुभयो, ‘रचनात्मक उद्योग पहिचान, विकास र विस्तारका लागि काठमाडौँसँग धेरै सम्भावना छन् । यी सम्भावनाहरुलाई महानगरपालिकाको पहिचान, गौरव र समृद्धि वृद्धिसँगै स्थानीयबासीको जीवनस्तर सुधारसँग जोडेर लैजानुपर्छ ।’

कुराकानीका क्रममा उपाध्यक्ष राजभण्डारीले, महानगरपालिकाले सिपलाई स्वरोजगारसँग जोड्ने काम लाई प्राथमिकता दिएको बताउनुभयो । सिप मेला हाम्रो प्रस्थान विन्दु हो । ज्ञान तथा सिपको अद्यावधिक गराउने, सिपलाई रोजगार र स्वरोजगारसँग जोड्ने यसभन्दा धेरै योजना कार्यान्वयन गर्ने योजनामा छौँ ।

अवलोकनका क्रममा स्कप्चर र चित्रकला प्रशिक्षणका बारेमा क्रफ्टले चासो राख्नुभएको थियो । उहाँलाई आयोगका उपाध्यक्षसहित सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकाल, रोजगार संयोजक देवेन्द्र के. सी. ले मेला र मेलामा सञ्चालन भएका तालिममा विषयमा जानकारी गराउनुभएको थियो । यसरी तालिम अवलोकन गर्न आउने विशिष्ट पदाधिकारीहरुलाई हस्पिटालिटीको तालिम गर्ने विद्यार्थीहरुले कफी, केक खुवाउने तथा खाना चखाउने गर्नुभएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?