Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति


काठमाडाैं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु भएकाे छ । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसक्नुभएका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताउनु भएकाे हाे ।

स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्ने कुरामा जोड दिँदै डा. माङले भूराजनिती र विकसीत भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले गर्दा त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको पनि जिकीर गर्नुभयाे ।

कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ माङले अन्वेषण गरी नयाँ कुराहरू पत्ता लगाउँदाको सुखद् क्षणहरूको चर्चा गर्दै विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन दिनुभयो । डा. वाङ होउ माङ सन् १९८६मा स्थापित चीन अन्वेषण तथा शोध समाजका अध्यक्ष हुनुहुन्छ।

ललितपुरको प्रयागपोखरी स्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा. वाङ होउ माङले “अन्वेषण पछाडिको विज्ञान” शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहि, सोहि केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरी सहित अन्य शिक्षकहरू उक्त अन्तरकृया कार्यक्रममा सहभागी थिए ।

एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभर सहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पत्ता लगाई विश्वविख्यात हुनुभएका डा. वाङ होउ माङले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्यगरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पत्ता लगाउनु भएको थियो । पछि भू–धरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गर्नु भई उक्त नदीको मूल निर्क्योल गर्नुभएको थियो ।

अनुसन्धान तथा अन्वेषणको क्रममा उहाँले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्व सामु उजागर गर्नु भई ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उहाँको योगदान उल्लेखनीय छ ।

आफ्नो अन्वेषणको आधारमा तीसवटा पुस्तकहरू लेखी सक्नुभएका डा. वाङको कामको विश्व व्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले उहाँसँग विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उहाँको कामको विवरण मुखपृष्ठमा छापेको थियो ।

कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजुले गर्नु भएको थियो । कलेजले विद्यार्थीहरूकाे अध्ययन अध्यापनमा सहयाेग पुगाेस् भन्ने हेतूले समयसमयमा विभिन्न बाह्य अन्वेषक, प्राध्यापक लगायत बाेलाएर कक्षा लिने गरेकाे छ ।


प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?