Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

परिषद्का कर्मचारीहरूलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे प्रशिक्षण


काठमाडौँ। समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्‍मा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध एक दिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिषद्का कर्मचारी, मूल्याङ्कनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिता विपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिनुभएको थियो ।

सोही अनुरूप परिषद्ले सबै विभागका कर्मचारीहरूलाई व्यवहारिक, नैतिक र कानुनी ज्ञानसहित आचारसंहिताबारे सचेतना दिएको हो । परिषद्कै इतिहासमा पहिलो पटक आफ्ना कर्मचारीहरूलाई यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

उक्त सचेतनाले कार्यस्थलमा महिला, पुरुषले एक अर्कालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने ? यौनजन्य दुर्व्यवहार भनेको के हो ? कसरी हुन्छ ? त्यस्ता दुर्व्यवहारबाट कसरी बच्ने, कानुनी प्रावधान के छ ? लगायत कानुनी र व्यवहारिक प्रशिक्षण दिइएको थियो ।


प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?