Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ : नेता महर


७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुभन्दा पहिले काँग्रेसले पार्टी भित्र छलफल गरेर न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर सत्ता सत्ता गठवन्धनमा प्रवेश गाराउनु पर्नेबताएका छन्। गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए।

‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन। सहभागी हुनुभन्दा पहिले गठवन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ र त्यसपछि मात्र सरकारमा सहभागिता हुदा राम्रो हुन्छ । देशको आर्थिक अवस्था संकटोनुमुख हुदै गएको छ ।जनता मलदेखि ढलसम्मको समस्या भोग्न बाध्य छन्। महँगीले दिनहुँ आकाश छुँदैछ। दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने मजदुरहरूलाई जीवीको पार्जन गर्न नै धौं भइसक्यो,’ उनले भने। उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए।

‘चुनाव पहिलो गठबन्धन बिउँतिएको छ। हामीप्रति जनताको ठूलो आसा छ। त्यसैले जनतालाई लोकतन्त्रप्रति विश्वास दिलाउन मुलुककै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस जिम्मेवार बन्नुपर्छ। रणनीतिका साथ योजनाबद्ध रूपमा काम गर्नुपर्छ’, महर भन्छन्।

उनले गठबन्धनलाई जनताले संविधानको रक्षा, स्थिरता र समृद्धिको अपेक्षासहित मतदान गरेको बताए। चुनावअघि आफूहरू पनि सोही नारा दिएर जनतामाझ गएको उनको भनाइ छ। चुनावअघि पाँच दलीय गठबन्धन भए पनि अहिले १० दलीय गठबन्धन भएकाले सबैको भावनाको सम्मान हुनेगरी गठबन्धन अघि बढ्नुपर्ने उनले बताए।

‘गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति बलियो हुनुपर्छ। युवालाई स्वरोजगार बनाउने रणनीति अवलम्बन गर्नुपर्छ, शून्य भ्रष्टाचार नीति अवलम्बन गर्नुपर्छ,’ उनले भने।

विस्तृत शान्ति सम्झौताका लागि गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै उनले मुलुकमा लोकतन्त्रको रक्षा, संविधानको सफल कार्यान्वयन र समृद्धिको बाटोमा मुलुक अग्रसर भएमात्रै उनको सपना साकार हुने बताए।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?