Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदा लागेको करीब ५६ लाख खर्च सरकारले व्यहोर्ने


७ चैत्र, काठमाडाैँ । खाना फकाउने ग्याससँग सम्बन्धित घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सांसद भन्द्र भण्डारीलाई भारत लैजाँदा लागेको सबै खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

लाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिपद्ले निर्णय गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

गत फागुन ११ मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । भण्डारीलाई भारत लैजाँदा ५५ लाख ८८ हजार १४६ रूपैयाँ खर्च लागेको छ ।

गत फागुन ३ गते घरमा खाना पकाउने ग्यास लिक भएर उनी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । उनकी आमाको फागुन ४ गते किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको थियो ।

उनको अहिले मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?