Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदा लागेको करीब ५६ लाख खर्च सरकारले व्यहोर्ने


७ चैत्र, काठमाडाैँ । खाना फकाउने ग्याससँग सम्बन्धित घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सांसद भन्द्र भण्डारीलाई भारत लैजाँदा लागेको सबै खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

लाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिपद्ले निर्णय गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

गत फागुन ११ मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । भण्डारीलाई भारत लैजाँदा ५५ लाख ८८ हजार १४६ रूपैयाँ खर्च लागेको छ ।

गत फागुन ३ गते घरमा खाना पकाउने ग्यास लिक भएर उनी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । उनकी आमाको फागुन ४ गते किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको थियो ।

उनको अहिले मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?