Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्डविरूद्ध बानेश्वरमा नाराबाजी, तीन युवक पक्राउ


७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार बानेश्वरमा तीन युवाले प्रचण्डविरूद्ध नाराबाजी गरेका हुन् ।

उनी ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले नाराबाजी गरेका हुन् । नाराबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाएका थिए ।

उनीहरूले ७७ मूल्यवृद्धि खारेज गर्, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्ने लगायतका नारा लगाएका थिए ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?