Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड


७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिनुभयो । “हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ”, उनले भने, “सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छाैँ ।”

उनले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताए । “सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ”, प्रधानमन्त्री दाहालले भने, “जनताका विकास, निर्माण र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकीकृतरुपमा काम अगाडि बढाउने योजनासहित तीनवटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ ।”

उनले तिनै तहको सरकारमार्फत देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए । प्रधानमन्त्री दाहालले नेपालको विकासको मोडालिटीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याए । सडकको विकासले मात्र समृद्धि हुन नसक्ने भन्दै उनले कृषि, शिक्षा, रोजगारीसँग जोडेर सडक निर्माण गर्न सकेमात्र विकासले फड्को मार्ने बताए ।

प्रधानमन्त्री दाहालले उक्त सडकको शिलान्यास केवल एउटा सडकको शिलान्यास मात्र नभएर आफूले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने एउटा प्रक्रियाको उद्घाटनसमेत भएको बताए । “निर्वाचनका क्रममा मैले गरेका प्रतिबद्धता कार्यान्वयन प्रक्रियाको राम्रो सुरुआत यो सडकको शिलान्यासबाट भएको छ”, उनले भने, “देशभरिका सडक सञ्जाल र भौतिक पूर्वाधार विकासका सन्र्दभमा बजेटको अभाव हुन नदिनका निम्ति निर्देशनसमेत दिइसकेको छु ।”

प्रधानमन्त्री दाहालले चुनाव लड्दा बनेको राजनीतिक समीकरणबाट विश्वासको मत लिएको भोलिपल्टै गोरखा आएर सडक शिलान्यास गर्न पाउनु खुसीको कुरा भएको उल्लेख गरे । उनले आरुघाट–बेनिघाट–लार्के सडकखण्ड निर्माणको कामलाई तीव्ररुपमा अगाडि बढाउने तयारी भइरहेको बताए । गोरखाकाली रबर उद्योग पुनःसञ्चालन टिम बनाएर मोडालिटी तयार गर्नका लागि छलफल गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?