Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अलपत्र रंगशाला अगाडीबाट धुर्मुसले भने- एक रुपैयाँ पनि हिनामिना भएको भेटिए यहीँ पुरिदिए हुन्छ (भिडियो)


७ चैत्र, काठमाडाैँ । सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले निर्माण गर्ने भनेर अलपत्र पारेको क्रिकेट रंगशालाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनी भरतपुर रंगशाला निर्माणस्थमा पुगेर निर्माण क्षेत्रबाटै यसबारेमा मुख खोलेका हुन् । उनले सोक्रममा उनिहरूमाथि लागेको आरोपबारे जवाफ पनि दिएका छन् ।

उनले राज्यमा नभएको गतिलो रंगशाला बनाउने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको गुनासो गरेका छन् । उनले उक्त काममा कतै आफ्नो गल्ती भेटिए सजाय भोग्न तयार रहेको समेत बताए ।

उनले एक भिडियोर्फत भनेका छन्, ‘ यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ।’

‘तपाईंहरुले गर्नुभएको सहयोग खेर गएको छैन । सबै यही खर्च भएको छ । हामी निमित्तमात्र हौं । स्वयम्सेवी हौं । यो राज्यको सम्पत्ति हो । सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस् ।’ उनले भनेका छन् ।

यस्तो छ उनले रंगशालाबारे भनेका कुराहरूः


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?