Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

अलपत्र रंगशाला अगाडीबाट धुर्मुसले भने- एक रुपैयाँ पनि हिनामिना भएको भेटिए यहीँ पुरिदिए हुन्छ (भिडियो)


७ चैत्र, काठमाडाैँ । सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले निर्माण गर्ने भनेर अलपत्र पारेको क्रिकेट रंगशालाको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनी भरतपुर रंगशाला निर्माणस्थमा पुगेर निर्माण क्षेत्रबाटै यसबारेमा मुख खोलेका हुन् । उनले सोक्रममा उनिहरूमाथि लागेको आरोपबारे जवाफ पनि दिएका छन् ।

उनले राज्यमा नभएको गतिलो रंगशाला बनाउने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको गुनासो गरेका छन् । उनले उक्त काममा कतै आफ्नो गल्ती भेटिए सजाय भोग्न तयार रहेको समेत बताए ।

उनले एक भिडियोर्फत भनेका छन्, ‘ यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ।’

‘तपाईंहरुले गर्नुभएको सहयोग खेर गएको छैन । सबै यही खर्च भएको छ । हामी निमित्तमात्र हौं । स्वयम्सेवी हौं । यो राज्यको सम्पत्ति हो । सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस् ।’ उनले भनेका छन् ।

यस्तो छ उनले रंगशालाबारे भनेका कुराहरूः


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?