Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सिपसँगै जीवनको रङ्ग पहिचान गरे’


काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिनुभएको छ । ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरुको अवलोकन गर्दै आज उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । त्यस क्रममा उहाँले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरुसँग विद्यार्थीहरुको रुचि, शिक्षकको सिप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सिपको स्तरोन्नतिका विषयमा जानकारी लिनुभएको थियो । ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरुलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उहाँले माटोका भाँडा बनाउने विद्यार्थीहरुको सिपको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘वडा नं. ५ मा व्यवसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।’

गएको शुक्रबार सुरु भएको प्रदर्शनी आज सकिएको छ । प्रदर्शनीको समापन अवसरमा बोल्दै उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘विद्यार्थीहरुले जे गर्नुभएको छ, त्यही नै उत्कृष्ट छ । म निपूर्ण भएपछि मात्र बाहिर आउँछु भनेर सोच्न थालियो भने सधैँ भित्रको भित्रै थुनिने हुन सक्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘विद्यार्थीहरुले रेखा कोर्न मात्र होइन, कलात्मक रेखा कोर्नुभएको छ । कोरिएका रेखाभित्र रङ्ग लगाउनु मात्र भएको छैन, कुन ठाउँमा कस्तो रङ्ग लगाउने भन्ने ज्ञानमा व्यवहार गर्न सक्ने हुनुभएको छ । यो हाम्रा लागि उत्कृष्ट नतिजा हो ।’ कार्यक्रम समापन हुनु अघि उहाँले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।


प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?