Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रवर्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु


काठमाडौँ । स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आजदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नं. १७ को खुशिँवु बुद्धपार्कबाट शिविर थालेको हो । यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुनेछन् ।

शिविरमा रक्तचाप र मधुमेहको प्रारम्भिक परीक्षण गराइन्छ । परीक्षणबाट समस्याको सम्भावना देखिए समस्यालाई रोगमा रुपान्तरण हुन नदिन अपनाउनु पर्ने उपायका बारेमा विशेषज्ञ चिकित्सकबाट परामर्श हुन्छ । यसमा आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीसँग सम्बन्धित विषय हुनेछन् ।

आजको शिविरमा ११८ जनाले परीक्षण गराउनुभयो । उहाँहरुमध्ये करिब १५ प्रतिशतमा प्रारम्भिक मधुमेह तथा उच्चरक्तचापको समस्या देखिएको स्वास्थ्य विभागले जनाएको छ । यस्तो अवस्थामा रहेका व्यक्तिलाई आउँदो ७ दिनसम्म के गर्ने, के नगर्ने, जीवनशैली (खानपान, व्यायाम) को सूची दिएर त्यसपछि फेरि स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ ।

कार्यक्रम थालनी गर्दै वडा नं. १७ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, स्वस्थ्य जीवनबाट मात्र समृद्धि सम्भव हुने बताउँदै रोगबाट थलिनुअघि नै स्वास्थ्य परीक्षणबाट समस्या थाहा पाउने, यसबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको जानकारी दिनुभयो ।


प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?