Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः उपेन्द्र यादव


जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकीर गरेका छन् ।

मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उनले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाए ।

विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उनले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असरनपर्ने दाबी गरे । आफूबाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उनले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उनको भनाइ थियो ।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?