Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भारत र जापानका प्रधानमन्त्री बीच छलफल


७ चैत्र, एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदा बीच आज विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ ।

भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज यहाँ आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराएका हुन् । उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारे छलफल गरेको जानकारी दिएका छन् ।

भेटमा दुई नेताबीच यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताबारे छलफल भएको हो भन्ने प्रश्नको जवाफमा क्वात्राले भने- मैले उल्लेख गरेझैं दुई नेताले हाम्रो क्षेत्र र विश्वव्यापी रूपमा भइरहेको घटनाक्रमका बारेमा पनि कुरा गरेका थिए । ती छलफलहरूमा उहाँहरूले यस क्षेत्रमा हामीले सामना गर्ने चुनौतीहरूको बारेमा कुरा गरेछाैँ।

भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?