Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तुलसीको बिरूवा लगाउँदा के हुन्छ ? थाहा पाउनुहाेस यस्ता राेचक तथ्य


एजेन्सी । हिन्दु धर्ममा तुलसीको बिरूवालाई एकदमै महत्व दिइएको छ । त्यसरी नै आयुर्वेदमा पनि यसको महत्व धेरै नै भएको पाइन्छ । यसलाई घरमा लगाउँदा शुभ फल पाइने भन्ने मान्यता पनि छ ।

वास्तुशास्त्रअनुसार यसलाई सुख–समृद्धि र वैभव लिएर आउने बिरूवा मानिन्छ । कतिपयले घरमा धेरै नै तुलसीका बिरूवाहरू लगाएका हुन्छन् । धेरै नै तुलसीको बिरूवा लगाउनु सही हुन्छ वा हुँदैन त्यसबारेमा आज जानौं-

-वास्तुअनुसार तुलसीको बिरूवा घरको सही दिशामा राख्नु पर्दछ । यसका लागि पूर्व वा उत्तर पूर्व दिशा सही रहन्छ । यो दिशामा तुलसी राख्दा लाभ पाउन सकिन्छ ।
-मान्यताअनुसार एक भन्दा धेरै तुलसीको बिरूवा घरमा लगाउन सकिन्छ । यसले कुनै पनि हानी वा दुष्प्रभाव पार्दैन । किनकी तुलसीको बोट अक्सिजन दिनका लागि पनि राम्रो मानिन्छ । त्यसैले धेरै तुलसीको बोट हुँदा घरमा फाइदा नै हुन्छ ।
-घरमा यदी धेरै तुलसीको बिरूवा लगाउनुभएको छ भने यो कुराको ध्यान दिनुहोस् कि त्यो नसुकोस् । किनकी एउटा तुलसीको बिरूवा सुकेमा वरिपरिको सबै बिरूवाहरू सुक्न थाल्छन् ।
-घरमा धेरै तुलसीको बिरूवा लगाउँदा यसबाट धेरै फाइदा पनि लिन सकिन्छ । तुलसीलाई तपाईं दैनिक चियाको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । तुलसी चिया स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?