Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक कटहर


हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि यो निकै लाभदायक भएको बताइन्छ ।

कटहर हामी फलका रूपमा खान्छौँ । यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ ।

मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ । तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन । जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ ।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?