Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक कटहर


हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि यो निकै लाभदायक भएको बताइन्छ ।

कटहर हामी फलका रूपमा खान्छौँ । यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ ।

मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ । तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन । जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ ।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?