Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग जवाफ मागेका छन् ।एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले नोटमा नक्सा छाप्ने निर्णयबारे विभिन्न सञ्चार माध्यममा दिएको प्रतिक्रियाप्रति संकेत गर्दै अध्यक्ष ओलीले पार्टीको संसदीय दलको बैठकमै यसबारे प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिए ।’नेपालले नोटमा नेपालको नक्सा छाप्छुभन्दा अर्को देश कराएको सुनियो । किन अर्को देश कराएको ? किन करायो होला भन्दै गर्दा त राष्ट्रपतिका विज्ञ सल्लाहकार उत्तेजित भएका रहेछन् । कसका मान्छे र कस्ता मान्छे त्यहाँ जागिर खाएर बसेका छन् ? अध्यक्ष ओलीले भने ।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?