Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एकै रूखमा कराेड फल्ने बुद्धचित्तको खेति कसरी गर्ने ?


बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बौद्ध समुदायः विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहंदा उच्चा बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्चा मुल्यको कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी धमाधम ब्रिक्री गरिरहेका छौ ।

बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग (४०० मि. देखी २००० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असार/साउन सम्म पनि रोप्न सकिन्छ । यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५/६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ । यसको वोटमा रोपेको ३/४ वर्ष देखी दाना फल्न शुरु हुन्छ ।

बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सय देखी ४ लाख सम्मा पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्या हुन्छ; ७ मिमी को १०८ गेडा (एक माला) रु. ८/९ लाख पर्छ भने साइज बढ्दै जांद मुल्य कम हुंदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २० हजार देखी २५ हजार सम्ममा बेचिन्छ ।


प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?