Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

उपेन्द्रले भन्छन-‘म विदेशमा हुँदा ठूलो षड्यन्त्र भयाे,पार्टी फुटाउने निर्णयविरुद्ध सर्वोच्च जान्छु’


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले कानुनी चुनौती दिने भएका छन् ।मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा रणनीति निर्माणमा जुटेका उनले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् ।

यादवले दिनभर जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफल गरे । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएपछि उनी तनावमा छन् ।


प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?