Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

यस्ता पाँच योजना बजेटमा समावेश गर्न प्रधानमन्त्रीलाई पौडेलको ध्यानाकर्षण


काठमाडाैं । कांग्रेसका सांसद प्रदीप पौडेलले आगामी बजेटमा उपत्यकाको विकाससँग सम्बन्धित पाँच योजना समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्। शनिबार प्रधानन्त्रीनिवास बालुवाटारमा पुगेर उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं– ५ उपत्यकाका नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने भन्दै पाँच योजना बजेटमा समावेश गर्न माग गरेका हुन्।

पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्रभित्रका स्रोतहरूबाट खानेपानी संकलन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्न शिवपुरी खानेपानी आयोजना बनाउने विषय बजेटमा समावेश गर्न माग गरेका छन्। साथै, विष्णुमती नमुना करिडोर निर्माण, टुकुचा खोला निर्माण तथा ढल व्यवस्थापन आयोजना, रिङरोड दोस्रो खण्ड विस्तार आयोजना र भूतखेल मैदान खेलकुद विकास योजनालाई बजेटमा समावेश गर्न माग गरेका छन्। ध्यानाकर्षणका सम्बन्धमा प्रधानमन्त्री सकारात्मक रहेको उनको भनाइ छ।


प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?