Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सबैका मुहारमा मुस्कान : कक्षामा सहभागी प्रशिक्षार्थीहरु भविष्यप्रति आशावादी


काठमाडाैं ।‘सिप मेला २०८१’ को आज तेस्रो दिन । पूर्व निर्धारित समय तालिकाअनुसार तालिमका कक्षाहरु धमाधन सञ्चालन हुन थालेका छन् । कक्षामा सहभागी हुन पाएका प्रशिक्षार्थीहरुका मुहारमा मुस्कान देखिन्थ्यो । तालिममा सहभागी हुन पाएकोमा भविष्यप्रति आशावादी भएको उहाँहरुको प्रतिक्रिया छ ।

आवेदकलाई तालिममा आउन महानगरपालिकाबाट एसएमएस पठाउने गरिएको छ । आवेदकको संख्या धेरै भएकोले सबैलाई एकै पटकमा बोलाउन नसकिएको हो । वडाहरुबाट आएका फाराम कम्प्युटरमा प्रविष्ट गराइँदै छ । टुँडिखेलमै आएर आवेदन दिनेका फाराम भर्नेहरुको विवरणमा देखिएको त्रुटि र दोहोरोपनाका कारण यी फारामहरुको पनि वर्गीकरण भइरहेको छ ।

‘सिप मेला २०८१’ का लागि आवेदन दिएकामध्ये मेलामा सहभागी गराउन नसकिने आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउने तयारी छ । यो तालिम पनि निःशुल्क हो । थप जानकारी लिनका लागि टोल फ्री नं. १६६००१ ०५५११ र ११८० मा सम्पर्क गर्नु सक्नुहुनेछ ।


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?