Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सबैका मुहारमा मुस्कान : कक्षामा सहभागी प्रशिक्षार्थीहरु भविष्यप्रति आशावादी


काठमाडाैं ।‘सिप मेला २०८१’ को आज तेस्रो दिन । पूर्व निर्धारित समय तालिकाअनुसार तालिमका कक्षाहरु धमाधन सञ्चालन हुन थालेका छन् । कक्षामा सहभागी हुन पाएका प्रशिक्षार्थीहरुका मुहारमा मुस्कान देखिन्थ्यो । तालिममा सहभागी हुन पाएकोमा भविष्यप्रति आशावादी भएको उहाँहरुको प्रतिक्रिया छ ।

आवेदकलाई तालिममा आउन महानगरपालिकाबाट एसएमएस पठाउने गरिएको छ । आवेदकको संख्या धेरै भएकोले सबैलाई एकै पटकमा बोलाउन नसकिएको हो । वडाहरुबाट आएका फाराम कम्प्युटरमा प्रविष्ट गराइँदै छ । टुँडिखेलमै आएर आवेदन दिनेका फाराम भर्नेहरुको विवरणमा देखिएको त्रुटि र दोहोरोपनाका कारण यी फारामहरुको पनि वर्गीकरण भइरहेको छ ।

‘सिप मेला २०८१’ का लागि आवेदन दिएकामध्ये मेलामा सहभागी गराउन नसकिने आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउने तयारी छ । यो तालिम पनि निःशुल्क हो । थप जानकारी लिनका लागि टोल फ्री नं. १६६००१ ०५५११ र ११८० मा सम्पर्क गर्नु सक्नुहुनेछ ।


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?