Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

स्वास्थ्य सेवाको गुणस्तर बढाउन बालेनले बनाए समिति


काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति गठन भएको छ । समितिको सदस्यमा वडाध्यक्षहरुको प्रतिनिधिका रुपमा वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती हुनुहुन्छ । महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य संस्थाकातर्फबाट प्रतिनिधि, उज्वल पन्थी, महिला स्वास्थ्य स्वयमसेविकाको प्रतिनिधि गंगा महर्जन, बिमा बोर्डका प्रतिनिधि कृष्ण पोखरेल, महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हुनुहुन्छ ।

स्वास्थ्य संस्थाहरुमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम विस्तार गर्न प्रवर्धनात्मक कार्यमा सहयोग काम गर्ने संयोजन समितिको काम हो । समितिले, सरकारी, सार्वजनिक संस्थाहरुका कर्मचारी र परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउन नियमावलीले तोके बमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आवद्ध गर्नेछ । अति गरिव परिवारलाई कार्यक्रममा आवद्ध गर्न पालिका र बोर्डबिच समझदारी गर्नेछ ।

नसर्ने रोगका लागि कार्यक्रमले दिई आएको सुविधा उपलव्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ ।बिमाबाट प्रदान गरिने औषधिहरु पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेका फार्मेसीमा उपलव्ध हुने व्यवस्थामा सहयोग गर्ने, गराउनेछ । स्वास्थ्य संस्थाहरुमा चिकित्सकको उपलव्धता हुने व्यवस्था गर्ने, गराउनेछ ।


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?