Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

स्वास्थ्य सेवाको गुणस्तर बढाउन बालेनले बनाए समिति


काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति गठन भएको छ । समितिको सदस्यमा वडाध्यक्षहरुको प्रतिनिधिका रुपमा वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती हुनुहुन्छ । महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य संस्थाकातर्फबाट प्रतिनिधि, उज्वल पन्थी, महिला स्वास्थ्य स्वयमसेविकाको प्रतिनिधि गंगा महर्जन, बिमा बोर्डका प्रतिनिधि कृष्ण पोखरेल, महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हुनुहुन्छ ।

स्वास्थ्य संस्थाहरुमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम विस्तार गर्न प्रवर्धनात्मक कार्यमा सहयोग काम गर्ने संयोजन समितिको काम हो । समितिले, सरकारी, सार्वजनिक संस्थाहरुका कर्मचारी र परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउन नियमावलीले तोके बमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आवद्ध गर्नेछ । अति गरिव परिवारलाई कार्यक्रममा आवद्ध गर्न पालिका र बोर्डबिच समझदारी गर्नेछ ।

नसर्ने रोगका लागि कार्यक्रमले दिई आएको सुविधा उपलव्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ ।बिमाबाट प्रदान गरिने औषधिहरु पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले सञ्चालन गरेका फार्मेसीमा उपलव्ध हुने व्यवस्थामा सहयोग गर्ने, गराउनेछ । स्वास्थ्य संस्थाहरुमा चिकित्सकको उपलव्धता हुने व्यवस्था गर्ने, गराउनेछ ।


प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?