Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

क्यानडास्थित नेपाली दूतावास भन्छ– ‘विद्यार्थीले आउनासाथ रोजगारी पाउँछन् भन्ने भ्रममा नपर्नु’


काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न भन्दै सचेतनामुलक सन्देश जारी गरेको छ ।अध्ययनका लागि क्यान्डा गएका विद्यार्थीले जागिर नपाउँदा समस्या भइरहेका विवरणहरु आइरहेका बेला ओटावास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्ने, खाने खर्च व्यवस्थापन गरेर मात्र पठाउन भनेको हो ।

‘क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ’, दूतावासले भनेको छ ।दूतावासले अध्ययनका लागि आउँदा कलेज वा विश्वविद्यालयको गुणस्तर र विश्वासनीयता यकिन गरेर मात्र शैक्षिक शूल्क तिर्न पनि भनेको छ ।‘डेरा खोज्दा पनि घर मालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्दछ’, दूतावासले भनेको छ, ‘सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परेर भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ ।’


प्रकाशित मिति: २० बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?