Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई


काठमाडाैं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। अधिवक्ता सुरज सेजुवाल स्थायी रुपमा जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका छन्। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उनलाई प्रवक्ताको जिम्मेवारी दिईएको हो। लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा देखिएका अधिवक्ता सुरज सेजुवालको लामो राजनीतिक पृष्ठभूमि रहेको छ। अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन।

२०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाई समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दुर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक भएको, नेविसंघ ११औँ महाधिवेशन २०७२, मा महाधिवेशन प्रतिनिधि, नेपाल ल क्याम्पसमा २०७३ सालमा स्ववियु सभापतिको रुपमा प्रत्यासी, नेपाल ल क्याम्पसको नेविसंघ ईकाई सभापतिको रुपमा २०७५ साल देखि २०७९ साल सम्म काम गरेको, आफु कानुन अध्ययनरत हुँदै गर्दा २०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ “कानुनी शिक्षा सुधार अभियान” को संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गरेको, २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय रुपमा राजनीति गरिरहेका अधिवक्ता सुरज सेजुवाललाई केन्द्रीय कार्यसमितिले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।

विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रि.वि कानुन संकायबाट LL.M in Commercial Law and International Law सम्मको अध्ययन योग्यता बनाएका छन्। उनले विद्यार्थी राजनीतिलाई विशुद्ध राजनीतिबाट अलिकति अलग राखेर शैक्षिक बहसको मुद्दालाई शिरोधार्य गरि शैक्षिक अभियानको रुपमा बुझ्नुपर्ने राय दिँदै आएका छन्।


प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?