Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई


काठमाडाैं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको रुपमा अधिवक्ता सुरज सेजुवाललाई जिम्मेवारी दिएको छ। अधिवक्ता सुरज सेजुवाल स्थायी रुपमा जुम्ला घर भई हाल नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रचनात्मक रुपले लागिरहेका छन्। केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उनलाई प्रवक्ताको जिम्मेवारी दिईएको हो। लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा देखिएका अधिवक्ता सुरज सेजुवालको लामो राजनीतिक पृष्ठभूमि रहेको छ। अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय राजनीतिमा लाग्दै आएका हुन।

२०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाई समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दुर शिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक भएको, नेविसंघ ११औँ महाधिवेशन २०७२, मा महाधिवेशन प्रतिनिधि, नेपाल ल क्याम्पसमा २०७३ सालमा स्ववियु सभापतिको रुपमा प्रत्यासी, नेपाल ल क्याम्पसको नेविसंघ ईकाई सभापतिको रुपमा २०७५ साल देखि २०७९ साल सम्म काम गरेको, आफु कानुन अध्ययनरत हुँदै गर्दा २०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ “कानुनी शिक्षा सुधार अभियान” को संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गरेको, २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय रुपमा राजनीति गरिरहेका अधिवक्ता सुरज सेजुवाललाई केन्द्रीय कार्यसमितिले प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो।

विभिन्न शैक्षिक गतिविधि लगाएतका अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने अधिवक्ता सेजुवालले त्रि.वि कानुन संकायबाट LL.M in Commercial Law and International Law सम्मको अध्ययन योग्यता बनाएका छन्। उनले विद्यार्थी राजनीतिलाई विशुद्ध राजनीतिबाट अलिकति अलग राखेर शैक्षिक बहसको मुद्दालाई शिरोधार्य गरि शैक्षिक अभियानको रुपमा बुझ्नुपर्ने राय दिँदै आएका छन्।


प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?