Trending
>>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

उपप्रमुख डंगोलसँग स्वीस प्रतिनिधि मण्डलको शिष्टाचार भेट


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बजारमा माग भएका जनशक्ति उत्पादन गर्न सिपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मंगलबार शिष्टाचार भेटका लागि आउनु भएका स्वीस एजेन्सी फर डिभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) का दक्षिण एशिया क्षेत्रका प्रमुख सबिन रोसेन्थेलर, नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डेनिल मेउलीसहितको प्रतिनिधि मण्डलसँग छलफलका क्रममा उहाँले, बेरोजगार व्यक्ति र रोजगारदाताबिचको खाडलका सन्दर्भमा यस्तो बताउनुभएको हो ।

‘महानगरपालिकाले सामाजिक विकासका क्षेत्रलाई भौतिक विकास जत्तिकै महत्व दिएको छ ।’ उहाँले प्रतिनिधि मण्डलले विद्यालयलाई बालमैत्री बनाउन कस्ता प्रयास गरिएका छन्, भन्ने प्रश्नको जवाफमा भन्नुभयो, ‘सामुदायिक विद्यालयका शिक्षकहरुका लागि करिअर गाइड, करिअर म्यापिङ, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको तालिम चलिरहेका छन् । यसबाट शिक्षकहरुमा बालमैत्री व्यवहार सम्बन्धी आचरण वढ्दै जाने अपेक्षा गरेका छौँ ।’

एक वडा एक उद्यम कार्यक्रमका बारेमा जानकारी दिँदै उपप्रमुख डंगोलले, स्थानीय उत्पादनमा पैसा बोक्ने थैली र सेरामिक्सको चिया खाने भाँडाका विषयमा जानकारी दिनुभएको थियो । महानगरपालिकाले संघ सरकार र आन्तरिक गरी श्रम र रोजगारसँग सम्बन्धित २ प्रकारका कायृक्रम सञ्चालन गरिरहेको छ । छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘काठमाडौँ संघीय राजधानी सहर भएकोले देशभरिबाट रोजगारका लागि मानिसहरु आउने गरेका छन् । यसकारण काठमाडौँसँग उद्योग तथा रोजगारीका क्षेत्रमा जनशक्ति उपलब्ध गराउन सक्ने सम्भावना छ । यसलाई व्यवस्थित गर्न श्रम वैङ्कमा सूचीकृत हुने प्रणाली विकास गरिएको छ । यससँगै प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि सूचीकृत हुन सक्ने व्यवस्था गरिएको छ ।’

भेटका क्रममा एशिया क्षेत्रका प्रमुख रोसेन्थेलरले, श्रम बजारमा आवश्यक जनशक्ति पूर्ति गरिने प्रणालीका विषयमा जिज्ञासा राख्नुभएको थियो । वेरोजगारी समस्या समाधान गर्न महानगरपालिकाले के के गर्न सक्छ, महानगरपालिकाले गरेका निर्णयले कहाँसम्म प्रभाव राख्न सक्छ? जान्न रुचि भएको बताउनुभएको थियो ।

यस्तै राजदूत मेउलीले, महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रमको प्रशंशा गर्दै यसको दिगोपनाका लागि तर्जुमा गरिएका योजनाका विषयमा जिज्ञासा राख्नुभएको थियो । प्रतिनिधिमण्डलका सदस्यहरुले सिपमूलक तालिम महानगरपालिका आफैँले सञ्चालन गर्ने हो कि, अन्य सरकारी, गैरसरकारी वा निजी क्षेत्रसँग सहकार्य गर्नुहुन्छ? साझदारीको सम्भावना कस्तो छ? जस्ता प्रश्न राख्नुभएको थियो । उत्तरमा अधिकारीहरुले, व्यावसायिक सिपमूलक तालिम प्रदान गर्ने सरकारी, गैरसरकारी, उद्योग वाणिज्य तथा व्यावसायिक क्षेत्रसँग सहकार्य भएको बताउनुभएको थियो ।

छलफलपछि प्रमुख प्रशासकीय अधिकृत परियारले, प्रतिनिधि मण्डललाई रोजगार सेवा केन्द्र, श्रम वैङ्क, प्रधानमन्त्री रोजगार कार्यक्रमको अवलोकन गराउनुभएको थियो । सेवा केन्द्रमा कसरी काम हुन्छ, श्रमिक कसरी सूचीकृत हुन्छन्, सूचीकृतले रोजगारी कसरी पाउँछन्? अवलोकनका क्रममा प्रतिनिधि मण्डलले जिज्ञासा राख्नुभएको थियो । रोजगार संयोजक रश्मि राईका अनुसार महानगरपालिकाको श्रम वैङ्क र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४० जना अपाङ्गता भएका व्यक्तिसहित करिब ३ हजार २ सय श्रमिक सूचीकृत हुनुहुन्छ । उहाँहरुमध्ये करिब ७ सय व्यक्तिले रोजगारी पाउनुभएको छ । उहाँहरुमध्ये २० जना अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।


प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?