Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

‘विप्लव’ पनि अब संसदीय राजनीतिमा: ०८४ मा चुनाव लड्ने, रास्वपालाइ अप्ठ्याराे !


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिका लागि प्रयोग गर्ने भएको छ । यही वैशाख ५ देखि ९ गतेसम्म महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो ।

ती बैठकका निर्णयबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले अब चुनावमा पनि प्रतिस्पर्धा गर्ने जानकारी दिए ।चुनाव सरकार सदनको कुरा नभएको बताए ।‘चुनावलाई २०औँ शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नु ठिक होइन । २१औँ शताब्दीको विशेषता, अहिलेका प्रवृत्ति, नयाँ वर्ग, विकासित प्रविधि-ज्ञान र चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तिको एउटा अभियानमा बदल्न सकिन्छ’, उनले भने, ‘चुनाव केवल सरकार र सदनको कुरा मात्रै होइन । यसलाई त समाजवाद निर्माणका लागि अभियानका रुपमा उपयोग गर्नुपर्छ ।’

महासचिव विप्लवले संघर्षको नयाँ मोर्चाका रूपमा देशलाई समाजवादमा लैजाने योजनासहित चुनावको प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको पनि बताएका छन्। विप्लव नेतृत्वको नेकपाले संसदीय चुनावको विरोध गरिरहेको थियो । तीन वर्षसम्म भूमिगत राजनीति गरेपछि मूलधारमा आएका विप्लवले यसअघि २०७९ को चुनाव बहिष्कार गरेका थिए ।तर अब उनले संसदीय राजनीतिमा होमिनुपर्ने निष्कर्ष सुनाएका हुन् । पत्रकार सम्मेलनका क्रममा महासचिव विप्लवले २०८४ सम्म कम्युनिस्ट एकता प्रयास हुनुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?