Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

१७५ जना शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड तालिम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सिप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ ।

एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ । ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सिप सिकाइन्छ । बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ्) को कक्षा चल्नेछ ।

पहिलो समूहको तालिम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरु वहुआयामिक हुनु पर्छ । शिक्षण विधि कुशल हुनु असल शिक्षकको गुण हो । अब यतिले मात्र पुग्दैन । बालबालिकाले के चाहेका छन्? उनीहरुको क्षमता पहिचान गर्ने र रुचिअनुसारको वाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘शिक्षकलाई दिएको तालिमको नतिजा विद्यार्थीहरुको प्रगतिमा मापन गर्नेछौँ । यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला ।’

विद्यार्थीहरुलाई आफ्नो रुचि र आफूभित्रको क्षमता पहिचान गर्न सक्ने बनाएर आफैँले छानेको पेशामा लाग्न सक्ने जनशक्ति उत्पादनमा हाम्रो जोड छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘आमाबुबा, दिदीदाजुले जे भन्नुभयो त्यही पढ्ने, आफूसँग मिल्ने साथीले छानेको भएर आफू पनि त्यही विषय पढ्ने वा त्यही सिप सिक्ने परम्परा छ । यसले व्यक्तिभित्र भएको क्षमता एकातिर हुन्छ । काम अर्कै गर्नुपर्ने अवस्था हुन्छ । पेशागत रुपमा असफल हुने कारण यही हो ।’ उहाँका अनुसार अरुले देखाएको बाटोमाभन्दा आफैँले चिनेर हिँडेको बाटोमा यात्रा सहज हुन्छ भन्ने बुझाउनु पर्नेछ । यो काम शिक्षकबाट सम्भव हुने भएकोले उहाँलाई छानिएको हो ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?