Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

१७५ जना शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड तालिम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सिप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ ।

एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ । ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सिप सिकाइन्छ । बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ्) को कक्षा चल्नेछ ।

पहिलो समूहको तालिम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरु वहुआयामिक हुनु पर्छ । शिक्षण विधि कुशल हुनु असल शिक्षकको गुण हो । अब यतिले मात्र पुग्दैन । बालबालिकाले के चाहेका छन्? उनीहरुको क्षमता पहिचान गर्ने र रुचिअनुसारको वाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘शिक्षकलाई दिएको तालिमको नतिजा विद्यार्थीहरुको प्रगतिमा मापन गर्नेछौँ । यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला ।’

विद्यार्थीहरुलाई आफ्नो रुचि र आफूभित्रको क्षमता पहिचान गर्न सक्ने बनाएर आफैँले छानेको पेशामा लाग्न सक्ने जनशक्ति उत्पादनमा हाम्रो जोड छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘आमाबुबा, दिदीदाजुले जे भन्नुभयो त्यही पढ्ने, आफूसँग मिल्ने साथीले छानेको भएर आफू पनि त्यही विषय पढ्ने वा त्यही सिप सिक्ने परम्परा छ । यसले व्यक्तिभित्र भएको क्षमता एकातिर हुन्छ । काम अर्कै गर्नुपर्ने अवस्था हुन्छ । पेशागत रुपमा असफल हुने कारण यही हो ।’ उहाँका अनुसार अरुले देखाएको बाटोमाभन्दा आफैँले चिनेर हिँडेको बाटोमा यात्रा सहज हुन्छ भन्ने बुझाउनु पर्नेछ । यो काम शिक्षकबाट सम्भव हुने भएकोले उहाँलाई छानिएको हो ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?