Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

तीन दर्जन बढी नेसपा प्रवेश, बाबुरामले के भने?


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) मा मानिसहरूको आकर्ष बढ्दै गएको छ। यो पार्टीमा पछिल्लो समय विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा स्वतन्त्र मानिसहरू प्रवेश गरेका छन्।

यतिबेला नेसपा पार्टी संगठन निर्माण तथा विस्तार अभियानमा लागेको छ। सोही सिलसिलामा आज (वैशाख १७ गते) विराटनगरमा ‘नेसपा १ नं प्रदेशको अभिमुखीकरण कार्यक्रम’ मार्फत तीन दर्जन बढी मानिसहरू प्रवेश गरेका छन्। उनीहरू सबैलाई नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई हार्दिक स्वागत गरे। डा.भट्टराईले उनीहरू सबैलाई पार्टीको संगठन विस्तारमा लाग्न आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइवी, धोकाधडीको रूपमा होइन त्यसमा अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझ्नुपर्ने बताए।

पुरानै गाडीलाई डेन्टिङपेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस भएको उनको भनाइ थियो। साथै अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गर्नुपर्ने बताउँदै एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सन नहुने बताए।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?