Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

तीन दर्जन बढी नेसपा प्रवेश, बाबुरामले के भने?


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) मा मानिसहरूको आकर्ष बढ्दै गएको छ। यो पार्टीमा पछिल्लो समय विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा स्वतन्त्र मानिसहरू प्रवेश गरेका छन्।

यतिबेला नेसपा पार्टी संगठन निर्माण तथा विस्तार अभियानमा लागेको छ। सोही सिलसिलामा आज (वैशाख १७ गते) विराटनगरमा ‘नेसपा १ नं प्रदेशको अभिमुखीकरण कार्यक्रम’ मार्फत तीन दर्जन बढी मानिसहरू प्रवेश गरेका छन्। उनीहरू सबैलाई नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई हार्दिक स्वागत गरे। डा.भट्टराईले उनीहरू सबैलाई पार्टीको संगठन विस्तारमा लाग्न आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइवी, धोकाधडीको रूपमा होइन त्यसमा अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझ्नुपर्ने बताए।

पुरानै गाडीलाई डेन्टिङपेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस भएको उनको भनाइ थियो। साथै अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गर्नुपर्ने बताउँदै एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सन नहुने बताए।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?