Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

२०८१ बैशाख १८ गते मंगलवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल बैशाख १८ गते मंगलवार ( Apr 30, 2024) वैशाख कृष्णपक्ष सप्तमी ०३:०१ बजेसम्म त्यसपछी अष्टमी

मेष – मेष राशि भएका जातको लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ। व्यापार ब्यबसायबाट पनि अर्थ लाभ हुनेछ। दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला।

वृष – आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ। कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ। यात्रा चाहिँ कष्टकर हुनेछ। त्यसो त यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला। आजको दिन तपाईको आम्दानीको स्रोत बढ्ने छ। चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्नुहोला।

मिथुन – मिथुन राशिका जातका लागि आजको दिन निकै शुभ रहेको छ। ब्यापार ब्याबसायमा रहेका साझेदारसँग फाइदा हुनेछ। आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाइँले गर्ने काममा सफलता मिल्नेछ। कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला।

कर्कट – आज तपाईले आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। विगतमा तपाईप्रति विरोध गर्नेले तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन्। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।

सिंह – सिंह राशिका जातकहरुले आजको दिन मौन रहनु हित हुनेछ। घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला। अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ। तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई दुःख र धोका हुनसक्छ। आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ।

कन्या – परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ। मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ। तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ। आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ। कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ।

तुला – आजको दिन त्यति अनुकुल देखिदैन। अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ। त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला।

वृश्चिक – ब्यापार व्यवसायबाट लाभ हुने देखिन्छ। स्त्रीबाट साथ सहयोग मिल्ने छ। आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्य योजना बन्नेछन्। सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ। परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला।

धनु – तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ। मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ। आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ।

मकर – मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ। चन्द्रमाको साथ रहेको छ। मकर राशिका जातकले हरेक मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ। आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ।

कुम्भ – तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ। आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ। आर्थिक कारोबारमा समस्या हुनसक्छ। त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ। दाम्पत्यजीवनमा खुसियाली छाउनेछ।

मीन – विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ। अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ। आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ। विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला।

 


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?