Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

मौन अवधि लाइ मनि अवधि नबनाउन गृहमन्त्री लामिछानेको चेतावनी


काठमाडौं । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा मौन अवधिलाई मनी अवधि नबनाउन अन्य दलहरुलाई चेतावनी दिएका छन् । उनले निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए ।१५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आचार संहिताको पालना गर्न आग्रह गर्दै गृहमन्त्री लामिछानेले भने ‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला,। ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् ।’

उनले भने ‘अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद,। चुनावको बेला पैसा बाँड्न हिडेकालाई नियन्त्रणमा लिने सुरक्षाकर्मीकोे उच्च मूल्यांकन हुने उनले बताए ।


प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?