Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै


काठमाडौँ। नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स्)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा गोष्ठी हुने भएको छ ।

‘नेपालमा प्लास्टिक सर्जरीको अवस्था, चुनौती र सुरक्षित अभ्यास’ विषयमा यही वैशाख १४ गते गोष्ठी हुने भएको हो । यस गोष्ठीमा नेपालका वरिष्ठ प्लास्टिक सर्जन प्रा डा पियुष दाहाल, प्रा डा शङ्करमान राई, प्रा डा जयनमान श्रेष्ठ र प्रा डा किरण नकर्मीले कार्यपत्र प्रस्तुत गर्नेछन । कार्यक्रमको संयोजन र गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा भावी कार्ययोजनाको निर्माण गरिने अस्पतालका सहप्राध्यापक प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेलले बताए ।

गोष्ठीले नेपालको प्लास्टिक तथा जलनसम्बन्धी सेवाको विकास र विस्तार गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास लिएको आयोजकले जनाएको छ । गोष्ठीमा यो सेवामा कार्यरत करिब ५० जना प्लास्टिक सर्जनहरुको सहभागिता हुने अनुमान गरिएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?