Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन (डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् ।

मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज आयोजित कार्यक्रममा उनले भने, ‘विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरेअनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।’

उनले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्थालगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरी अगाडि बढ्ने योजना आवश्यक देखिएको बताए ।

उनले विश्व व्यापारका सन्दर्भमा सार्वजनिक-निजी संवाद कार्यक्रममा सबैलाई आ–आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत् बहस तथा छलफलको आवश्यकता औँल्याए । मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर ढङ्गले राष्ट्रिय बहसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षाअनुसार सफलता नपाउँदा पनि विश्व व्यापारमा नेपालको उपस्थिति कमजोर भएको बताए।

उद्योग सचिव कृष्णबहादुर राउतले विश्व व्यापार सङ्गठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले सही हिसाबले फाइदा लिन नसकेको बताए। उनले विश्व व्यापार सङ्गठनको सदस्य भएपछि आश्वासन पाएअनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षीय महाशाखाका सहसचिव लीलाप्रसाद शर्मालगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताए ।

उनीहरूले आयातमुखी व्यापारलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले ‘डब्ल्युटीओ सदस्यताः अपेक्षाहरू र उपलब्धिहरू’ विषयमा प्रस्तुतीकरण गरेका थिए।


प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?