Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु


६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

उहाँले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नेकपा (एमाले) सहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उनले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो ।

यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसकेका छन्।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिए ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?