Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रचण्डले ओलीलाई भने – मैले दुईपटक प्रधानमन्त्री बनाएँ, अझै एउटा हिसाब बाँकी छ


६ चैत्र, काठमाडाैँ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।

सोमबार विश्वासको मत लिने क्रममा संसदमा प्रश्नहरूको उत्तर दिँदै ओलीलाई हिसाब किताब राख्न अनुरोध गरेका छन् । सो क्रममा उनले दुईपटक प्रधानमन्त्री बनाएको र त्यसको ब्याज आफूले पाएको बताए ।

मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ। ब्याज थियो। एउटा त बनाउनुभयो। एउटा अझै बाँकी छ। हिसाब राख्नुहोला,’ उनले भने ।

उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको दाबी गर्दै भने, ‘केही समयदेखि उहाँहरू (एमाले)ले बल गर्दै हुनुहुन्थ्यो। म भने यतै बल गर्दै थिएँ। म प्रधानमन्त्री खोज्दै गएको सत्य होइन। अनेक गरेर मलाई बोलाउनुभयो। म त्यसबारे धेरै भन्दिनँ ।’


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?