Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रचण्डले ओलीलाई भने – मैले दुईपटक प्रधानमन्त्री बनाएँ, अझै एउटा हिसाब बाँकी छ


६ चैत्र, काठमाडाैँ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।

सोमबार विश्वासको मत लिने क्रममा संसदमा प्रश्नहरूको उत्तर दिँदै ओलीलाई हिसाब किताब राख्न अनुरोध गरेका छन् । सो क्रममा उनले दुईपटक प्रधानमन्त्री बनाएको र त्यसको ब्याज आफूले पाएको बताए ।

मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ। ब्याज थियो। एउटा त बनाउनुभयो। एउटा अझै बाँकी छ। हिसाब राख्नुहोला,’ उनले भने ।

उनले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको दाबी गर्दै भने, ‘केही समयदेखि उहाँहरू (एमाले)ले बल गर्दै हुनुहुन्थ्यो। म भने यतै बल गर्दै थिएँ। म प्रधानमन्त्री खोज्दै गएको सत्य होइन। अनेक गरेर मलाई बोलाउनुभयो। म त्यसबारे धेरै भन्दिनँ ।’


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?