Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकारलाई समर्थन गर्छौं : अध्यक्ष केसी


६ चैत्र, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताए ।

“प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन बनाए पनि पछि पुरानै गठबन्धन कायम भयो । यसपाली अरु सबैले दिए भनेर होइन, राष्ट्रिय जनमार्चाले यसपाली समर्थन गर्नुपर्छ भन्ने निर्णय गरेको छ, सबैले समर्थन गरेका बेला हामीले समर्थन गरेनौँ, हामीले एक्लै अडान लियौँ”, उनले भने ।

उनले मुलुकको अर्थतन्त्र, नेपाली जनताको अवस्था, बेरोजगारी समस्या समाधानमा भन्दा पनि दलको चिन्ता सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित रहेको बताए । “सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ”, उनले भने ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?