६ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सत्तासहकार्य तोड्नुको कारण खुलाएका छन् । सोमबार विश्वासको मत लिनुअघि संसदमा बोल्दै प्रचण्डले उक्त कारण खुलाएका हुन् ।
प्रचण्डले संसद विघटनको मुद्दालाई साथ दिनुपर्ने भएका कारण एमालेसँगको सहकार्य टुटेको अभिव्यक्ति दिएका छन् ।
विश्वासको मत माग्दै प्रचण्डले संसद विघटन कुनै तरिकाबाट सान्दर्भिक नभएको प्रष्ट पारे ।
प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार