Trending
>>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री >>   स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार >>   बेरोजगारी,आर्थिक संकट र लागुऔषधका कारण मानसिक समस्यामा वृद्धि :सांसद इन्दिरादेवी >>   खराब कर्जाको चुलिंदो संकट: एक दर्जनभन्दा बढी बैंक उच्च जोखिममा >>   पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः प्रचण्ड >>   अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा >>   व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल साउन ३० गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल >>   देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः… >>   दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेका छन् : रास्वपा
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: माधव नेपाल


६ चैत्र, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे ।

उनले भने, “अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।” अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसक्नुभएको उल्लेख गरे।

“हाम्रो मानसिकता अरुलाई दोष दिनेछ”, उनले भने, “आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।”

प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?