Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

२०८१ बैशाख ९ गते आइतवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल बैशाख ९ गते आइतवार( Apr 21, 2024) चैत्र शुक्लपक्ष त्रयोदशी ०१:२१ बजेसम्म त्यसपछी चतुर्दशी

मेष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ। पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ।

बृष – लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन्। लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन्। स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ।

मिथुन – आर्थिक व्यावस्थापन तथा रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला। सही तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन्। पैतृक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ।

कर्कट – कानुनी रुपमा गरिने कुनै पनि कामहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ। नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सृर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृढ भइनेछ।

सिंह – सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन्। राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा वृद्धि भएर जानेछ। धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ। धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी प्रसाद तथा टीका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।

कन्या – नसोचेको धन सम्पति हात लाग्ने गतिलो योग रहेको छ। व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति संग्रह गर्न सक्नेछन्। विद्यामा समय दिए अनुसार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अविश्वास सिर्जना भएपनि अन्तत: एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ।

तुला – व्यापार व्यावसायमा लगानी वढाइ आम्दानीका स्रोतहरु बढाउन सकिने छ। भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ। लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ।

बृश्चिक – पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ। रुपैयाँ पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ। घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहने छ। पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफैँ साइड लाग्नेछन्। आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ।

धनु – आकश्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिने छ। पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानीबाट मनग्य धन लाभ हुनेछ। भौतिक सम्पत्ति तथा विलासी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ।

मकर – प्रतिस्पर्धीहरु हार खानेछन् भने राजनीति तथा समाजसेवामा समनजनक स्थान पाउने योग रहेको छ। घर जग्गा तथा सवारी साधनको खरिदबिक्रिबाट मनग्य आम्दानी गर्न सकिनेछ। आमा वा परिवारका सदस्यहरुको सहयोग पाइने हुँदा शरिरमा स्फूर्ती बढ्नेछ।

कुम्भ – साहसिलो कामगर्ने जोस जागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ। पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ। दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न भइनेछ।

मीन – समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ। व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ। आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ।

 


प्रकाशित मिति: ९ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?